सात महिनापछि मेयर बालेनले बोलाए कार्यपालिका बैठक

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले छ महिनापछि कार्यपालिका बैठक बोलाएका छन्।

कार्यपालिका बैठक शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको महानगरका सञ्चार विज्ञ सुरेन्द्र बजगाईंले जानकारी दिए ।

कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने बजगाईंले जानकारी दिए । उक्त बैठक लगत्तै उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।

यी प्रक्रिया पूरा गरेपछि दिउँसो २ बजे बोलाइएको कार्यपालिका बैठक बोलाइएको हो ।

बैठकले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्नेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *