सिमरास्थित जगदम्बा स्टील उद्योगमा विस्फोट, थुप्रै मजदुर हताहत भएको आशंका

जितपुर। सिमरास्थित जगदम्बा स्टिल उद्योगमा ठुलो विस्फोट भएको छ। उद्योगमा रहेको फलाम पगाल्ने भट्टीमा बिस्फोट भएको प्रम्भिक अनुमान गरिएको छ।

बिस्फोटमा परी एकजना भारतीय मजदुर घाइते भएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख वेद प्रकाश जोशीले जानकारी दिएका छन्।

हाल प्रहरी घटना स्थलमा पुगिसकेको र क्षतिको विवरण लिने काम भैरहेको जोशीले जानकारी दिए।

घटना राती ९:१५ बजे तिर भएको र यसबाट उद्योगमा कार्यारत धेरै मजदुरहरु घाइते भएको हुन सक्ने दावी गरिएको छ। तर प्रशासनले भने जम्मा एक जना मात्र घाइते भएको जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *