काठमाडाैं । संसद् बैठक दुई दिन उता सरेको छ। मङ्गलबार (आज) साढे ४ बजेसम्मका लागि स्थगित भएको बैठक बिहीबार (पर्सि) ५ गते बिहान ११ बजेसम्मका लागि पुन: सरेको हो।
पहिलो बैठक आज साढे २ बजे बसेको थियो। तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध जारी राखेपछि साढे ४ बजेका लागि सारिएको थियो। तर, बैठक साढे ४ मा पनि नबसी सर्यो। यसबारेको जानकारी सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी दिएको छ।
रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठनपछि मात्रै सदन खुलाउन सक्ने अड्डी कस्दै आएको छ। त्यसका लागि सत्तापक्ष दलहरू भने तयार देखिँदैनन्।
Artha Sanjal






