काठमाडौँ । काठमाडौं महानगरपालिकाका निलम्बित प्रहरी प्रमुख राजु पाण्डेले उच्च अदालत पाटनमा रिट दायर गरेका छन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईले उनलाई जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेपछि पाण्डेले मंगलबार उच्च अदालत पाटनमा रिट दायर गरेका हुन् ।
पाण्डेले दायर गरेको रिटमा बुधबार पेसी तोकिएको उच्च अदालत पाटनकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।
Artha Sanjal






