काठमाडौँ। काठमाडौँ जिल्ला अदालतले तीनकुने घटनामा दुर्गा प्रसाईँसहित ७ जनाlलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। हिरासतमा रहेका ३२ जनालाई १ लाख देखि १० हजारसम्म धरौटी लिएर रिहा गरिएको छ।
जिल्ला न्यायधिश ध्रुवराज कार्कीको एकल इजलासमा बिहीबार साँझ सकिएको थुनछेक बहसमा मध्यरातमा आदेश आएको थियो हो।
अदालतले दुर्गा प्रसाईसहित तारा राजावादी, अनुप राजावादी, सुशील बराल, दण्डपाणि रेग्मी, केशव बस्नेत र कुमार तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। प्रसाईँ क्यान्सर पीडित भएकाले उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिने अदालतले जानकारी दिएको छ।


Artha Sanjal







