ठप्प घर-जग्गा कारोबारमा थप कडाइ, सम्पूर्ण कारोबार बैंकिङ्ग प्रणालीबाटै गर्नुपर्ने

काठमाडौँ। सरकारले घर-जग्गा कारोबारमाथि थप कडाइ गरेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले भूमिसुधार तथा मालपोत कार्यालयहरुलाई १४ बुँदे निर्देशन जारी गर्दै घरजग्गाको कारबारलाई बैंकिङ प्रणालीभित्र ल्याउने कडा नियम जारी गरेको हो।

नेपालमा आतंकवादी तथा गैरकानुनी लगानीलाई निरुत्साहित गर्ने उद्देश्यले जारी भएको सम्पति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को प्रावधानलाई कार्यान्वयनमा ल्याउन घरजग्गा कारोबारमाथि थप कडाइ गरिएको हो। आर्थिक मन्दीका कारण घरजग्गा कारोबारमा शिथिलता जारी रहेका बेला विभागले कारोबारमा थप कडाइको नीति लिएको हो।

विभागबाट जारी भएको निर्देशनअनुुसार अब घर जग्गाको कारोबार सूचीकृत कम्पनीबाट मात्रै गर्नुपर्नेछ। कारोबार गर्दा सम्पूर्ण आर्थिक करोबारलाई बैंकिङ प्रणालीभित्र देखिने गरी विद्युतीय वा चेकमार्फत गर्नुपर्ने व्यवस्था गरिएको। अब घरजग्गा कारोबारमा किन्ने र बेच्ने दुवैले बैंकखाताबाट मात्रै कारोबार गर्नुपर्नेछ।

जग्गा पास गर्दा केवाइसी फारम समावेश गर्नुपर्ने, खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा रकम जम्मा भएको बैंक स्टेटमेन्ट लिखतसँगै अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, सूचक संस्थाले घर जग्गा खरिद विक्रीको कारोबार गर्दा केता तथा विक्रेता दुवैको फाराम भर्न लगाई लिखत साथ सिष्टममा अपलोड गर्नुपर्नेछ। त्यस्ता फाराम भूसेवा केन्द सामू भएका कार्यालयमा भूसेवा केन्द्रले र भुसेवा केन्द्र लागू नभएका कार्यालयमा कार्यालयको सर्भिस डेक्सले मर्न सगाई लिखतसाथ सिष्टममा अपलोड गर्नुपर्नेछ।

भूसेवा केन्द्रले केवाइसी फाराम भरी पेश गर्नुपर्नेः नयाँ सेवा केन्द्र दर्ता गर्न चाहने व्यक्ति वा सख्या र पुराना भूनेवा केन्द्रको नवीकरण गर्न चाहने भूसेवा केन्द्रले त्यस्ता भूसेवा केन्द्रको अनुसूची- ३ बमोजिम र सो का सञ्चालकको अनुमती- २ बोजिमको केवाइसी फाराम भर्न लगाई कार्यालयले मुरक्षित राख्नुपर्नेछ।

त्यसैगरी  घर जग्गा खरिद बिक्रीको कारोबार गर्दा सूचक संस्थाले खरिदकर्ताको बैंक खाताबाट विक्रीकर्ताको बैंक गरीवार बराबरको रकम जम्मा भएको प्रमाण (द्यबलप क्तबतझभलत० लिखतसाथ संलग्न गर्नुपर्नेछ।

बैंक मार्फत राजश्व दाखिला गर्ने व्यवस्था भएका कार्यालयको हकमा दश लाख भन्दा बढीको घर जग्गा खरिद विक्रीको कारोवार गर्दा लाग्ने रजिष्ट्रेशन बापतको शुल्क र दस्तुर खरिदकर्ताकी खाताबाट र लाभकर बापतको राजश्व विक्रीकर्ताको खाताबाट सम्बन्धित कार्यालयले तोकिदिएको राजश्च खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ।

घर जग्गा खरिद विक्रीको कारोबार गर्दा स्थानीय तहले प्रमाणित गरेको वैनाबट्टाको कागज पेश गरेमा दश लाख रुपैया भन्दा बढीको वैनाबट्टा भएको भए त्यस्तो रकम खरिदकर्ताको बैंक खाताबाट विक्रीकर्ताको बैंक खातामा बैंकिङ्ग वा विद्युतीय कारोवार प्रणाली मार्फत लेनदेन भएको विवरग चैनाबट्टाको कागजसाथ पेश गर्नुपर्नेछ।

घर जग्गा खरिद बिकीको कारोबार गर्दा दश लाख रुपैयाँदेखि माथि पचास लाख रुपैयाँसम्मकोे कारोबार बैंकिङ प्रणाली वा विद्युतीय भुक्तानी प्रणालीमार्फत गर्नुपर्नेछ। तर पचास लाख रुपैयाँ भन्दा बढीको रकमको करोबार विद्युुतीय भुक्तानी प्रणाली मार्फत सोझै र चेक मार्फत गर्दा बिक्रीकर्ताको नाममा तयार गरिएको गुड फर पेमेन्ट मार्फत गर्नुपर्नेछ।

खरिदकर्ता तथा विक्रीकर्ताले एक दिनमा एक पटक वा पटक पटक गरी रु तीन करोड़ वा सो भन्दा बढी रकमको घरजग्गा सुरिव वा विक्री गर्दा कार्यालयले सो को विवरण नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा पठाउनु पर्नेछ। साथै घर जग्गा खरिद वा विक्रीको कारोबार शंकास्पद देखिएमा कार्यालय र सूचक संस्थाले सो को जानकारी नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइमा पठाउनु पर्नेछ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *