काठमाडौं । आज नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
कम्पनीले भोलि जेठ २२ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै सम्बन्धित कम्पनीको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर र यसका लाग्ने कर तिर्न ०.७८९४७३ प्रतिशत नगद लाभांश समायोजन गर्ने घोषणा गरेको छ।
लाभांश पारितका लागि आउँदो असार ५ गते लाजिम्पाटस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान साढे १० बजे सैंतीसौं वार्षिक साधारण सभा बस्दैछ।
Artha Sanjal






