मन्त्रिपरिषद् बैठक सकियो तर गभर्नरबारे कुरै उठेन

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सकिएको छ ।

तर , प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार राति तीन घण्टाभन्दा बढी बसेको बैठकमा नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिको प्रस्ताव नै नगएको एक मन्त्रीले बताएका छन् ।

बैठकले केही विदेश भ्रमणहरू स्वीकृत गरेको र  त्यसबाहेक अन्य सामान्य निर्णयहरू गरेको उनको भनाई छ ।

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।

छलफलमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।

आजसम्म गभर्नरको नियुक्ति गरिसक्ने ओलीले बताएका थिए । तर अबेरसम्म चलेको बैठकमा गभर्नर नियुक्तिको प्रस्ताव नै गएन ।

सरकारले समयमै उचित निर्णय लिन नस्कदा बैंक एक महिनादेखि नेतृत्वविहीन छ। देशको प्रमुख आर्थिक सल्लाहकार रहेको राष्ट्र बैंक कामु गभर्नरका भरमा चलिरहेको छ।

सत्तारुढ दलबीच डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएपनि गभर्नर आफ्नै पोल्टामा पार्ने योजनामा रहेका ओलीले नै देउवालाई थमथमाउँदै नियुक्ति लम्ब्याइरहेका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *