आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई लुम्बिनी केवल कारमा २० प्रतिशत छुट

काठमाडाैं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब लुम्बिनी केवलकारको टिकट खरिदमा २० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

आईएमई लाइफ र लुम्बिनी केवलकार बिच सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारि भएको हो । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीकका बीमितले कम्पनीको मोबाइल एपमा रहेको बीमालेख देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छ्ट सुविधा को लाभ लिन सक्नेछन् ।

यस किसिमको सहकार्यले एकतर्फ कम्पनीको व्यावसायिक सम्बन्ध प्रभावकारिता ल्याउन सहयोग गर्नुका साथै अर्कातर्फ कम्पनीका बीमित अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्नेछ ।

साथै छुट सुविधा लिनका लागि लुम्बिनी केवलकारको टिकट काउन्टरमा गई टिकट खरिद गर्नुपर्नेछ । भविष्यमा उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज र स्तरीय बनाउँदै लैजानेछ लक्ष्य लिएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *