गभर्नरसम्बन्धी मुद्दा श्रेष्ठ र ढकालको इजलासमा, सुनुवाइ हुने सम्भावना कति?

काठमाडौं । गभर्नरको उमेरहद सम्बन्धी मुद्दामा आज(बुधबार) सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासमा पेसी परेको हो । सरकारले अर्थमन्त्रालय सम्वद्ध सार्वजनिक संस्थानको पदाधिकारी तथा सदस्य नियुक्ति सम्बन्धी मापदण्ड संशोधन गर्दै उमेहद सम्बन्धी व्यवस्था हटाएको थियो ।

गत फागुनमा नै सरकारले मापदण्ड संशोधन गरी पदाधिकारीको हकमा ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको र सदस्यको हकमा ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था हटाएको थियो । उक्त व्यवस्था कुनै व्यक्तिलाई नियुक्त दिनको लागि हटाएको भन्दै अधिवक्तद्वय विशाल थापा र प्रतिभा उप्रेतिले चैत ३१ मा सर्वोच्चमा रिट दायर गरेका थिए ।

राजनीतिक नेतृत्वबीच डा. गुणाकर भट्ट्ले ५ चैतमा राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिए । भट्टले राजीनामा दिए पनि उनको राजीनामा स्वीकृत भएको छैन । उनले राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावलीको व्यवस्था पूरा गरी राजीनामा दिए पनि कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले राजीनामा स्वीकृत गरेकी छैनन् ।

यसअघि यस मुद्दा ७ पटक हेर्न नभ्याइनेमा परिसकेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *