फर्स्ट माइक्रोफाइनान्सको नाफामा ४५ प्रतिशत गिरावट, प्रतिसेयर आम्दानी कति?



 

काठमाडाैं । फर्स्ट माइक्रोफाइनान्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४५.७७ प्रतिशतले कम हो ।
अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १३ करोड २ लाख खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी पनि ३७.९४ प्रतिशतले घटेको छ । अघिल्लो आवमा २५ करोड ३० लाख रहेको खुद ब्याज आम्दानी १५ करोड ७० लाखमा सीमित बनेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको खुद सञ्चालन आम्दानी १५ करोड १ लाख र सञ्चालन नाफा १० करोड १५ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ५५.५५ प्रतिशतले घटेर ५ करोड ३३ लाखमा झरेको छ ।

निक्षेप संकलन ६ अर्ब ९६ करोडबाट घटेर ५ अर्ब ४० करोड रुपैयाँमा खुम्चिएको छ । कर्जा प्रवाह भने २ करोड २९ लाखबाट बढेर २ करोड ४७ लाख पुगेको छ ।

अघिल्लो आवको तेस्रो त्रैमासम्म ३.१२ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.७८ प्रतिशत पुगेको छ । वितरणयोग्य मुनाफा ५ करोड १९ लाख रहेको कम्पनीको वितरणयोग्य प्रतिसेयर आम्दानी ५.०८ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२६.७२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५३३.६५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०८.६७ गुणा र तरलता अनुपात १८.०६ प्रतिशत कायम भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *