राष्ट्र बैंकले लिएको नीति सफल कार्यान्वयन हुँदा अर्थतन्त्र चलायमान छ: डेपुटी गभर्नर मिश्र

काठमाडौं।   नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले केही आन्तरीक, वाह्य कारणले अर्थतन्त्रमा केही समस्या देखिएपनि पछिल्लो समय राष्ट्र बैंकले लिएका नीतिहरुको सफल कार्यान्वयनका कारण अर्थतन्त्र चलायमान हुँदै गएको बताएका छन् ।

नेपाल राष्ट्र बैंकको ७० औं वार्षिक उत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुद्रास्फीति दर नियन्त्रणमा रहेको, विदेशी संञ्चिति वचतमै रहेको र अन्य अर्थतन्त्रका सूचांकहरु पनि सकारात्मक हुँदै गएको बताए ।

उनले भने, ‘पछिल्लो समय मुद्रास्फीति कम हुँदै आएको छ । विदेशी मुद्रा सञ्चिति १४ महीना बढिलाई धान्ने स्थिति छ । अर्थतन्त्रमा देखिएका आन्तरीक, वाह्य कारणले कर्जा प्रवाह बढ्न सक्ने स्थिति नरहेपनि निराश हुनुपर्ने अवस्था छैन । हाल मुलुकमा १४.४ महिनाको आयातका लागि पर्याप्त विदेशी विनिमय सञ्चिति रहेको छ ।’

उनले समस्या, चुनौतीलाई समाधान गर्न सकिने बताए । राष्ट्र बैंकको कार्य क्षेत्रमा पर्ने ती समस्यालाई पहिचान गर्दै हल गरिने उनको भनाइ छ । राष्ट्र बैंकले वित्तीय साक्षरतालाई जोड दिएको बताउँदै मिश्रले राष्ट्र बैंकको पहल प्रभावकारी बन्दै गएको समेत बताए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *