काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीका बोनस सेयर सूचीकृत भएका छन्।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको १.८६५९ प्रतिशत बोनसअन्तर्गत १ लाख ८३ हजार १६८ कित्ता सेयर र मिथिला लघुवित्तको १४.२५ प्रतिशत बोनसअन्तर्गत २ लाख ७९ हजार ३०३.९३ कित्ता सेयर सूचीकृत भएको हो।
यी सेयरहरु आइतबारदेखि कारोबारमा आउने नेप्सेले जनाएको छ।
Artha Sanjal






