नवनियुक्त शिक्षामन्त्री पन्तले शिक्षकलाई वार्तामा बोलाए

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका शिक्षकहरूलाई वार्ताका लागि बोलाएका हुन् ।

‘विधेयक संसदमा पेश हुने, छलफल हुने र स्वीकृत हुने निश्चित विधायकी एवम् कानूनी बन्दोवस्त रहेका छन् र सबैलाई यसको जानकारी पनि छँदैछ,’ उनले भने, ‘तसर्थ, शिक्षकहरूसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछ,’ शिक्षामन्त्री रघुजी पन्तले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *