काठमाडौं । ह्याम्स अस्पतालमा ‘नक्कली डाक्टर’ भन्ने समाचार सार्वजनिक भएपछि अस्पतालको वेवसाईटमा भएको नाम परिवर्तन गरिएको छ । अस्पतालको वेवसाईटमा आरएस भण्डारी अर्थात् रामशरण भण्डारीको नामको अगाडि डाक्टर लेखिएको थियो । यस बिषयमा अर्थसंजाल डटकम लगायतका संचारमाध्यममा समाचार प्रकाशन भएपछि अहिले भण्डारीको नामको अघिल्तिर भएको डक्टर उपामा हटाईएको छ।
अस्पतालको वेवसाईटमा भएको नाम परिवर्तनसँगै अस्पताल प्रशासनले गरेको बदमाशी झनै छताछुल्ल भएको छ । अस्पताल प्रशासनको यस किसिमको बदमासीपछि अस्पतालमा अरुपनि नक्कली डाक्टर हुन सक्ने भन्दै छानविन गर्न सम्वन्धित निकायमा उजुरी समेत परिसकेको छ। अस्पताल प्रशासनको बदमासीपछि मेडिकल काउसिन्सलदेखि साईवर व्यूरोमा पनि अधिकारकर्मीहरुले उजुरी गरेका छन् । हुँदै नभएको पदवी वेवसाईमा लेखेर ठगी गरेको बिषयमा अदालती प्रकृया पनि सुरु हुने अधिवक्ता बासुदेव ज्ञवाली बताउँछन् । कसैले पैसा दिएर लिएको पद अस्पतालको वेवसाईटमा नै लेख्नु ठगी तथा कीर्ते काम हुने अधिबक्ता ज्ञवालीको भनाई छ ।

वेवसाईटमा डाक्टर लेखिएका आरएस भण्डारी अर्थात् रामशरण भण्डारी गाउँकै महेन्द्रोदय माध्यामिक बिद्यालयमा प्रवेशिका परिक्षा बल्लतल्ल तृतीय श्रेणीमा उतीर्ण भएका थिए । उनकै सहकर्मीका अनुसार पनि भण्डारी विज्ञान वा पिएडी अध्ययनका लागि कहिल्यै भर्ना भएका छैनन् । तर, उनले नामको अगाडि डाक्टर लेखेर कीर्ते काम गरिरहेका छन् । उनले समाचार प्रकाशन भएपछि वेवसाईटमा उक्त उपमा हटाउनु नै बदमाशीको पुष्टी भएको छ।
भण्डारी सर्जिकलका सामानको ओसार पसार गर्ने भण्डारीले अहिले अकुत सम्पत्तिका कमाएका छन्। काठमाडौं,भक्तपुर र सिन्धुपाल्चोकमा पनि अस्पताल सञ्चालन गरेका भण्डारीले राजनीतिक आडमा भ्रष्टाचारजन्य काम समेत गर्ने गरेको उनकै आफन्तको दावी छ।
यो पनि






