काठमाडौं । नामका अघि डक्टर लेख्न कुनै व्यक्तिले कि त चिकित्सक शिक्षा पास गरेको हुनुपर्छ कि त पिएचडी । पिएचडी गरेपनि नामको अघिल्तिर भन्दा पनि पछिल्तिर पिएचडी लेख्ने अन्तर्राष्ट्रिय मान्यता छ ।
तर, काठमाडौंमा रहेको ह्याम्स अस्पतालका सञ्चालकले भने यस्को प्रकृया नै पूरा नगरी नामको अगाडि डक्टर लेखेर दुनियाँ झुक्याईरहेको तथ्य बाहिरिएको छ।
ह्याम्स अस्पतालको वेवसाईटमा लेखिए अनुसार सो अस्पतालका अध्यक्ष हुन्, आरएस भण्डारी उर्फ रामशरण भण्डारी । उनी सिन्धुपाल्चोकको साविक थुम्पाखर गाउँपालिका निवासी हुन् । पढाईमा सामान्य रहेका भण्डारीले गाउँकै बिद्यालयबाट एसएलसीसम्म पास गरेको नाम नबताउने सर्तमा उनकै क्लासमेट थापा थर गरेका एक व्यक्तिले जानकारी दिए।
एसएलसी पास गरेसँग उनी म्यानेज सम्पत्ति कमाउने धुनमा काठमाडौं छिरे । स्थानीय पाटी डाँडामा रहेको महेन्द्रोदय माध्यामिक बिद्यालयमा पढेका उनका शिक्षक पनि नामको अगाडि डाक्टर लेखेको देखेर अचम्मित भएको बताउँछन् । ती शिक्षक भन्छन्, ‘रामशरण चिकित्सक हुने गरेर साईन्स पढ्ने खालको बिद्यार्थी त हुँदै होईन । पिएडी गर्ने ल्याकतमा पनि उनीमा थिएन, तर किन र कसरी डाक्टर लेखे मलाई नै अचम्म लागेको छ।’

माध्यमिक तहको पढाईमै त्यति संतोषजनक नतिजा ल्याउन नसक्ने रामशरणले कुनै पनि विश्वबिद्यालयमा अध्ययन गरेको प्रमाण फेला परेको छैन । तर उनले सिन्धु सर्जिकल सामान बेच्ने पसलमा काम गर्न बसेको तथ्य भने फेला परेको छ ।
सिन्धु सर्जिकलमा काम गर्दागर्दै अकुत सम्पत्तिका आर्जन गरेका भण्डारीको आयस्रोतका बिषयमा पनि सम्पत्ति शुद्धिकरणामा उजुरी परेको छ । ह्याम्स अस्पताल खोलेर सर्जिकल सामान आयात गर्ने भण्डारीले मोहनवहादुर बस्नेत स्वास्थ्य मन्त्री भएका बेला पनि करौडौको अनियमित काम गरेको समाचार समेत बाहिर आएको थियो ।
सिनधुपाल्चोकमा पनि सदावहार अस्पताल खोलेका भण्डारीले भक्तपुरमा पनि ह्याम्स अस्पताल खोलेका छन् । त्यसो त उनले दश करोड रुपैयाँ भन्दा धेरै लगानीमा सिन्धुपाल्चोकमा कृषि फर्म खोलेको बताउने गरेका छन् । तर यी सवै सम्पतिको बारेमा उनले पारदर्शिता देखाउन नसकेको उनका एक समकक्षीले बताए ।
हस्पिटलको बेवसाईमा आफ्नो नामको अगाडि डक्टर लेखेको बिषयमा भने भण्डारीले यो सामान्य प्रकृया भएको बताउँदै आएका छन् । उनको भनाई अनुसार कुनै संस्थाले पैसा लिएर उनलाई यो उपाधि दिएको हो । तर, यसरी पैसाले किनेर पाएको डाक्टर पद सँस्थाको वेवसाईमा लेख्न भने नमिल्ने जानकारहरु बताउँछन् ।
कानुनविद् बासुदेव ज्ञवाली आँफुले प्राप्त नगरेको पद लेख्दा ठगीको मुद्धा लाग्ने बताउँछन् । अध्ययन नै नगरी पाएको पद घरमा वोर्डमा झुण्ड्याउन पाएपनि सार्वजनिक संस्थामा खुलेआम रुपमा लेख्न नपाइने र कसैले यसो गरेको पाईएमा ठगीको मुद्धा लाग्ने ज्ञवालीको भनाई छ ।




