काठमाडौं। भाटभटेनी डिपार्टमेन्टल स्टोरका संचालक मीन बहादुर गुरुङले गत १५ गते भएको प्रदर्शनका क्रममा कोटेश्वर शाखामा ७० देखि ७५ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको दावी गरेका छन्। सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै गुरुङले क्षतिको माग समेत गरेका छन्।
राजा समर्थकहरुले गरेको आन्दोलनका क्रममा स्टोरका केहि सिसा फुटेको, थोरै मात्र फलफुल, रक्सी र कपडा लुटिएको स्पष्ट देखिन्छ । तर, गुरुङले परिस्थितिजन्य घटनाको मौक़ा छोपेर सामान्य तोडफोड र लूटपाटलाई अत्याधिक नोक्सान भएको देखाएर इन्स्योरेन्सबाट मोटो रकम असुल्न खोजेको बुझिएको छ।
सामाजिक सञ्जालमा आएका भिडियोहरू हेर्दा स्टोरमा ठूलै आगजनी वा व्यापक लुटपाट भएको छैन। भवनका सिसा सामन्य रुपमा फुट्दा नै करोडौंको क्षति पुग्ने गुरुङको दावी पुगेको देखिंदै। यति ठूलो व्यापारिक साम्राज्य चलाएका गुरुङ किन क्षतिको आँकडालाई अतिरञ्जित गरिरहेका छन् भन्ने बिषयको टिकाटिप्पणी समेत भइरहेको छ।
गुरुङको माग दावी हेर्दा बीमा कम्पनीसँग ठूलो रकम असुल्ने रणनीति बनाइरहेको बुझ्न सकिन्छ । कतिपयले प्रदर्शनको आडमा गुरुङले ठगी गर्ने प्रयास गरिरहेको भन्दै आलोचना समेत गरेका छन्। यस घटनाले व्यवसायीहरु बीमा रकम असुल्नका लागि झूटो आँकडा पेश गर्छन भन्ने आरोपलाई प्रमाणित गरिदिएको छ।
उनले ७५ करोड दावी गरेको भएपनि हाल ८० लाख ३३ हजार रुपैयाँ बराबरको क्षति तथा नोक्सानी भएको भाटभटेनी सुपरमार्केटले बताएको छ।
गुरुङमाथि ललितानिवास जग्गा प्रकरण, संसद भवन अगाडि आगो लगाएर आत्मदाह गरेका व्यवसायीको आत्महत्या दुरुत्साहन, सरकारसंगको मिलेमतो अर्थात् एमालेको पार्टी कार्यालय बनाउन जग्गा दिएर बदलामा देशभरका सार्वजनिक जग्गा तथा चन्द्रागिरि वन अतिक्रण गर्दै आएको आरोप छ।






