बालेनले हुलाकबाट निर्मलनिवास पठाए फोहोरको जरिवानापत्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरिएको जरिवानाको पत्र निर्मलनिवासले बुझ्न अस्वीकार गरेपछि हुलाबाट पठाइएको छ।

आइतबार बिहान महानगरको नगरप्रहरी टोली उक्त पत्र लिएर निर्मलनिवास गेटमा पुगेको थियो । तर, उनीहरूलाई त्यहाँका सुरक्षाकर्मी र कर्मचारीलाई गेटबाटै फर्काइदिएका थिए।

त्यसपछि महानगरले हुलाकबाट जरिवानाको पत्र निर्मलनिवास पठाएको हो।

गत शुक्रबार तीनकुनेमा भएको आन्दोलनका क्रममा भएको फोहोर र तोडफोटको मूल्याङ्कन गरी महानगरपालिकाले ७ लाख ९३ हजार जरिवाना तोकेर पत्र काटेको थियो ।

उक्त कार्यक्रमको आयोजक नवराज सुवेदीको संयुक्त जनआन्दोलन समिति हो। तर, आयोजक हुँदाहुँदै राजाका नाममा पत्र काटेर बालेनले स्टन्डवाजी गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *