कार्यकाल सकिन लाग्दा गभर्नर अधिकारी चैत ५ बाट बिदा बस्ने

काठमाडौं। ५ वर्षे कार्यकाल सकिन करिव एक महिना अघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बिदा बस्ने भएका छन्। आगामी चैत २४ गते कार्यकाल सकिने अधिकारी चैत ५ गतेदेखि नैअनिवार्य बिदा ‘फोर्स लिभ’मा बस्न लागेका हुन्।

२०७६ चैत २४ गते गभर्र्नरमा नियुक्त अधिकारीलाई सरकारले ५ वर्षको लागि राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको थियो। सरकारी तथा निजी संघसंस्थामा सामान्यतया कार्यकाल सकिनु एक महिनाअघि बिदा बस्ने चलन छ। तर, कार्यकाल समाप्त हुनुअघि एक महिने बिदा भने अनिवार्य होइन।

राष्ट्र बैंक ऐन २०५८ को दफा २५ मा भएको व्यवस्थाअनुसार‘नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै गभर्नरको पदमा यस ऐन बमोजिम नियुक्त गरी सोको सूचना सार्वजनिक रूपमा प्रकाशन तथा प्रसारण गर्नुपर्ने हुन्छ ।

गभर्नर अधिकारी बिदामा बस्ने भएपछि कामु गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर निलम ढुंगानामाथि आउने पाइएको छ । ढुंगाना भावी गभर्नर पदको आकांक्षी समेत हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *