पियोर इनर्जी लिमिटेडको आईपीओमा ५.४२ गुणा बढी आवेदन

काठमाडौं । पियोर इनर्जी लिमिटेडको आईपीओमा ७ करोड ८१ लाख ८६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार आज (फागुन २२ गते) बिहान १०:०७ बजेसम्म ३५,७०४ जनाले ७ लाख ८१ हजार ८६० कित्ताका लागि आवेदन दिएका छन्। जुन मागभन्दा ५.४२ गुणा बढी हो।

कम्पनीले फागुन २० गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले १ लाख ४४ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि आईपीओ जारी गरेको हो ।

वैदेशिक रोजगारमा रहेका नेपालीले यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा ७ हजार २०० कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ । यसमा चैत ५ गतेसम्म आवेदन दिनुपर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्न्छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *