भारतमा ‘नेपाल महोत्सव २०२५’ आयोजना हुँदै

काठमाडौं । भारतमा ‘नेपाल महोत्सव २०२५’ आयोजना हुने भएको छ । एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज तथा नेपाल दूतावासको आयोजनामा यस्तो मेला आयोजना हुने आयोजकले जनाएको छ ।

महोत्सव २९ चैतमा सुरु हुनेछ । दूतावास परिसरमा आयोजना हुने मेला तीन दिन चल्ने एभरेस्ट चेम्बर अफ कमर्सले जनाएको छ ।

एभरेस्ट चेम्बर अफ कमर्स अध्यक्ष युवराज बरालले महोत्सव ऐतिहासिक हुने भन्दै यो अवसरलाई उपयोग गर्न सरोकारवालालाई सुझाव समेत दिए । यस अवसरमा व्यापार र उद्योग क्षेत्रमा केन्द्रित भएर छलफल समेत राखिएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *