ताप्लेजुङमा ‘नो केबलकार समूहमाथि प्रहरीले गर्यो फेरि लाठीचार्ज

ताप्लेजुङ। ताप्लेजुङको प्रसिद्ध धार्मिक तिर्थस्थल पाथीभरामा ‘नो केबलकार समूह’ र प्रहरीबीच सदरमुकाम फुङलिङमा शनिबार साँझ झडप भएको छ ।

शान्तिपूर्ण पदयात्रामा सहभागी भइ काफ्लेपाटी क्षेत्रबाट फर्किएको समूहले शनिबार बेलुका फुङलिङ बजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका थिए ।

सोहि क्रममा वीरेन्द्रचोकमा झडप भएको हो । झडपका क्रममा प्रदर्शनकारी र प्रहरी दुवैतर्फ केही घाइते भएका छन् ।

काफ्लेपाटीबाट फर्किएका स्थानीयले प्रदर्शनपछि कोणसभालाई गरेका थिए । उनीहरु सबैले केबलकार कुनै हालतमा बन्न नदिने अडान दोहोर्‍याएका छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *