‘नो केबलकार’ को शान्तिपूर्ण पदयात्रामा एमाले कार्यकर्ताले देखाए राजेन्द्र महतोलाई कालोझण्डा

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिक तिर्थस्थल पाथीभरामा मुकुमलुङ बचाउ अभियानको शक्तिपूर्ण पदयात्रामा पुगेका राष्ट्रिय मुक्ति पार्टी (नेपाल) का अध्यक्ष राजेन्द्र महतोलई एमालेका केहि कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।

‘नो केबलकार समूह’ले आयोजना गरेको पदयात्रामा सहभागी बनेर फर्कँदै गरेका महतोलाई सदरमुकाममा केहि कार्यकर्ताले झण्डा देखाएर विरोध गरेका हुन् ।

महतोले ‘नो केबलकार’ समूहसँग पवित्र क्षेत्रमा ‘जय पाथीभरा माता’को नारा लगाउँदै जानुको साटो मुर्दावादका नारा लगाउँदै गएको र जिल्ला र समाज भाँड्ने अभिव्यक्ति दिँदै हिँडेका कारण उनलाई कालो झण्डा देखाइएको स्थानीय नेता सुन्दर लिम्बुको भनाई बताए ।

लिम्बुले ताप्लेजुङका नागरिक विकास र केबलकारको पक्षमा रहेकाले जिल्ला बाहिरबाट गएर विकासको विरोध गरेको लिम्बुको आरोप छ।

महतो माघ १२ गते प्रहरीले सभ्यताको रक्षार्थ शान्तिपूर्ण संघर्ष गर्नेहरूउपर गोली चलाउनु निरंकुशताको उदाहरण भएको भन्दै शान्तिपूर्ण पदयात्रामा सहभागी भएका थिए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *