ताप्लेजुङ। ताप्लेजुङको प्रसिद्ध धार्मिक तिर्थस्थल पाथीभरामा ‘नो केबलकार समूह’ र प्रहरीबीच सदरमुकाम फुङलिङमा शनिबार साँझ झडप भएको छ ।
शान्तिपूर्ण पदयात्रामा सहभागी भइ काफ्लेपाटी क्षेत्रबाट फर्किएको समूहले शनिबार बेलुका फुङलिङ बजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका थिए ।
सोहि क्रममा वीरेन्द्रचोकमा झडप भएको हो । झडपका क्रममा प्रदर्शनकारी र प्रहरी दुवैतर्फ केही घाइते भएका छन् ।
काफ्लेपाटीबाट फर्किएका स्थानीयले प्रदर्शनपछि कोणसभालाई गरेका थिए । उनीहरु सबैले केबलकार कुनै हालतमा बन्न नदिने अडान दोहोर्याएका छन् ।
Artha Sanjal







