बलेफी हाइड्रोपावरको १७ लाख बढी कित्ता शेयर लिलामीमा, प्रतिकित्ता कति ?

काठमाडौं। बलेफी हाइड्रोपावर लिमिटेडले आज फागुन ५ गते सोमबारदेखि १७ लाख ९८ हजार ६५६ कित्ता शेयर लिलामीमा राखेको छ। कम्पनीले संस्थापक समूहको ६ लाख ७६ हजार १९१, सर्वसाधारण समूहको ५ लाख ८ हजार ८९२ र सर्वसाधारण समूहको ६ लाख १३ हजार ५७३ कित्ता शेयर लिलाममा बिक्री खुला गरेको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यो लिलामी सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसका लागि फागुन १९ गतेसम्म आवेदन दिन सकिने छ ।

यसअघि कम्पनीले मंसिर २७ देखि पुस १७ गतेसम्म १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा बिक्री नभएको बाँकी शेयर लिलामीमा ल्याएको हो ।

बिक्री प्रबन्धकको कार्यालय एनआइएमबी एस क्यापिटल लाजिम्पाट काठमाडौं, चिप्लेढुँगा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर विरगञ्ज र गोल्छाचोक बिराटनगरबाट आवेदन दिन सकिनेछ ।बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *