नेपाल बैंकको भ्रष्टाचार काण्ड: अध्यक्ष र सिइओमाथि अख्तियारले थाल्यो अनुसन्धान

काठमाडौं । नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्र बहादुर अधिकारी र सिईओ तिलकराज पान्डेमाथि ठूलो कर्जा प्रवाहमा कमिसन लिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। उनीमाथि सेटिङमार्फत अनियमित रूपमा कर्जा प्रवाह गर्दै आर्थिक लाभ लिएको अख्तियारको दाबी छ।

अध्यक्ष अधिकारीले ठूला कर्जा प्रवाह गर्दा समयमा निर्णय नगर्ने, फाइल अनावश्यक अड्काइदिने, कमिसनका लागि बार्गेनिङ गर्ने गरिरहेको भन्दै अख्तियारमा उजुरी परेको थियो। उजुरी प्राप्त भएपछि अख्तियारले केही समय उनलाई निगरानीमा राखेको थियो। केही प्रमाणहरू अख्तियारले सुरक्षित गरेपछि पहिला सवारी चालक महर्जनलाई नियन्त्रणमा लिएको थियो।

अध्यक्ष अधिकारीका सवारी चालक उमेश महर्जनको बैंक खातामा अस्वाभाविक रूपमा ठूलो रकमको कारोबार देखिएको छ। जसको स्रोत स्पष्ट हुन सकेको छैन। यस्तो अवस्थामा अध्यक्ष अधिकारीमाथिको शंका थप बलियो बनेको छ। महर्जनलाई अख्तियारले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ भने अधिकारीलाई पनि निगरानीमा राखेको छ।

अनुसन्धानका क्रममा महर्जनले उक्त कारोबार आफ्नो नभई अध्यक्ष अधिकारीकै भएको बयान दिएका छन्। “मैले अध्यक्ष सरले भने बमोजिम मात्र काम गरेको हुँ। सबै पैसा उहाँकै हो।” महर्जनले भने ।यता नेपाल बैंकको धर्मपथस्थित केन्द्रीय कार्यालयमा रहेको अध्यक्ष कोइरालाको कार्यकक्ष पनि अख्तियारले ‘सिल’ गरेको छ भने उनिमाथी अख्तियारले बयान लिईरहेको छ

‘हामीले विस्तृत अनुसन्धान गरिरहेका छौँ,’ अख्तियार स्रोतले भन्यो, ‘उजुरीको व्यहोरा, प्रारम्भिक बयान र प्राप्त तथ्य–प्रमाणबीच तालमेल देखिँदै गएको छ।’

यसैबीच, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलकराज पाण्डेको मिलेमतोमा अध्यक्ष अधिकारीले ठूलो रकम अपचलनगरि भ्रस्टाचार गर्ने गरेको खुलेको छ।

अहिलेपनि बैंकको रणनीतिक योजना तथा बजेटको परिपालनामा लापरवाही गर्दै नियमविपरीत काम गरेको उनि निकट स्रोतले जनाएको छ। अध्यक्ष अधिकारी अख्तियारको अनुसन्धानमा परेका बेला पनि पाण्डेले संस्थागत नीति मिचेर कार्य गर्दै आएको बैंक निकट स्रोतको भनाई छ।

यस विषयमा बुझ्न हामीले अध्यक्ष अधिकारी र सिईओ पाण्डेलाई पटक पटक टेलिफोन सम्पर्क गर्यौँ तर उनीहरु दुवै सम्पर्कमा आउन चाहेनन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *