काठमाडौँ । अमेरिकाले नेपाललाई दिंदै आएको थप दुई शीर्षकको सहयोग बजेट कटौती गरेको छ ।
एक सूचना जारी गर्दै अमेरिकी सरकारको सरकारी दक्षता विभागले वित्तिय सङ्घीयता र जैविक विविधता संरक्षण शीर्षकमा दिँदै आएको ५ अर्ब ३९ करोड ४५ लाख रुपैयाँको हाराहारी रकम कटौती गरेको हो ।
विभागले एक्स मार्फत दिएको जानकारी अनुसार नेपालका लागि वित्तिय सङ्घीयता शीर्षकमा २० मिलियन र जैविक विविधता संरक्षण शीर्षकमा १९ मिलियन अमेरिकी डलर सहयोग कटौती गरेको उल्लेख छ ।
Artha Sanjal






