काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से बढेसँगै सोमबार कारोबार खुलेको एक घण्टामा तीन अर्ब ५५ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यो अवधिमा ६९ लाख ७१ हजार ५६५ कित्ता सेयर किनबेच भएको छ भने १८३ कम्पनीको सेयर मूल्य बढेको छ। यो अवधिमा ५५ कम्पनीको सेयर मूल्य घटेको छ ।
उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता पाँच हजार ५४९ रुपैयाँ ५० पैसा कायम भएको छ । अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य एक घण्टाको अवधिमा ८.५९ प्रतिशत वृद्धि भएको छ ।
Artha Sanjal






