पाथीभराको मौलिकतामा आँच आउन नदिई विवाद सामाधान गर्न सांसद भण्डरीको आग्रह

ताप्लेजुङ्ग । नेपालका प्रमुख धार्मिक तीर्थस्थलमध्ये एक पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माण गर्ने विषय विवादमा परिणत भएको छ। धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक रूपमा महत्वपूर्ण मानिने पाथीभरा क्षेत्रमा केबलकार निर्माणको पक्ष र विपक्षमा चर्को बहस भइरहेको छ।

केबलकार समर्थकहरूका अनुसार यसको निर्माणबाट भक्तजन तथा पर्यटकहरूलाई देवी दर्शन गर्न सहजता हुनेछ भने पर्यटन प्रवर्द्धनसँगै स्थानीय आर्थिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ। तर, केबलकार विरोधी स्थानीयहरूले यसले क्षेत्रको प्राकृतिक सौन्दर्यता, भौगोलिक विशिष्टता, धार्मिक मौलिकता तथा सांस्कृतिक सम्पदामा अपूरणीय क्षति पुर्‍याउने तर्क राख्दै आएका छन्।

यस परिस्थितिमा धार्मिक तथा सांस्कृतिक धरोहरको संरक्षण र संवर्द्धन गर्दै स्थानीयको भावना सम्मान गर्दै उचित समाधान खोज्नुपर्ने आवश्यकता रहेको विज्ञहरू बताउँछन्। स्थानीय समुदायको सहमति, समन्वय र सहकार्य बिना विकास निर्माणले दीर्घकालीन लाभ दिन नसक्ने भन्दै विवाद समाधानका लागि नेपाल सरकारलाई तत्काल पहल गर्न माग गरिएको छ।

सम्बद्ध पक्षसँग सार्थक वार्ता गरी द्धन्द्ध अन्त्य गर्न र सहमतिको आधारमा निर्णय लिन सरोकारवालाहरूले नेपाल सरकारसँग आग्रह गरेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *