अमेरिकी डलरको मूल्य स्थिर, प्रमुख मुद्राहरुको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा कायम भएको छ ।

आज युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ९३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ११ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९० पैसा र बिक्रीदर ८६ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ १९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *