काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले आज (माघ २१ गते) देखि ४ लाख ९२ हजार ५७७ कित्ता सेयर लिलामीमा खुला गरेको छ ।
सर्वसाधारणको सेयर लिलाममा बिक्री खुला गरेको कम्पनीले जनाएको छ । यसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।
यसमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद फागुन ५ गतेसम्म रहेको छ । यसको बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।
यसअघि कम्पनीले मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म २ करोड ३४ लाख ६८ हजार २२०.२२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा कम्पनीले बिक्री नभएपछि पुन: लिलामीमा ल्याउन लागेको हो ।
बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ कार्यालय लेखनाथमार्ग ठमेल काठमाडौं तथा एलआइसी नेपालका बिराटनगर, विरगञ्ज, काठमाडौं, पोखरा, नेपालगञ्ज, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
Artha Sanjal






