काठमाडौं । साताको पहिलो काराेबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २५.४१ अंकले घटेर २६०९.६७ को विन्दुमा बन्द भएको हो।
आज ३०१ कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड माथिको शेयर कारोबार भएको छ । आज ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले ४.८७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २० करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको १८ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिंगटी हाइड्रोको १६ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन पावर पार्टनरको १३ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।







