काठमाडौं अदालतमा रविको बयान सकियो, अब थुनछेक बहस हुने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षको काठमाडौं जिल्ला अदालतमा बयान सकिएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा भएको लामिछानेको बयान सकिएको हो, अब उनीबारेको मुद्दामा थुनछेक बहस सुरू हुनेछ ।

अहिले काठमाडौं अदालतमा कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा प्रतिवादी लामिछानेको बयान लिइएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी अदालतमा हाजिर भएका थिए । उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *