काठमाडाैं । सिजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज,नवलपरासीर काठमाण्डौको बिशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । यी शाखाहरूमा ग्राहकहरूले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणहरूलगायतका धेरै प्रकारका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन सक्छन् ।

जहाँ अन्तर्राष्ट्रियस्तरका उत्कृष्ट ब्रान्डहरू जस्तैः ,LG, CG, TCL, Godrej, Beko, Midea, Kent, Elica, Sensei, Black+Decker, Crompton, Nothing र Apple Iphone लगायतका उत्पादनहरू उपलब्ध छन्।

आफ्ना सामानहरुको प्रदर्शन र सुपथ मूल्यमा बिक्रिवितरण तथा अन्तराष्ट्रियस्तरको ग्राहकको सेवा, बिशेष जानकारी तथा प्रयोगबारे शिक्षा प्रदान गराउने उद्देश्यसहित शोरुम सञ्चालन गरिएको छ। दक्ष्य र अनुभवी Sales Person हरुबाट यहाँ भएका विद्युतीय सामग्रीहरुको पूर्ण जानकारी र यस विशेष अवसरमा ग्राहकहरूले ३० प्रतिशतसम्मको विशेष छुट पाउन सक्नेछन्।, तर, यो छुट सीमित अवधिका लागि मात्र मान्य हुनेछ।
नयाँ शाखाहरूमा Free Cooking Class र Live Demo को समेत व्यवस्था गरिएको छ ।







