कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा

काठमाडौं । जनकपुर बोल्ट्स जारी नेपाल प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ । कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर कोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको हो ।

बिहीबार भएको क्वालिफायर टु मा कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले एक ओभर बाँकी हुादा ८ विकेट गुमाएर पूरा गरेको हो ।

यसअघि नै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगिसकेको छ । अब शनिबार सुदूरपश्चिम र जनकपुरबीच फाइनल खेल हुनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *