नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं।  नबिल बैंक लिमिटेडले प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले यहि मंसिर २७ गते ४० औं वार्षिक साधारण सभा गर्दैछ ।
सभा प्रयोजनार्थ कम्पनीले मंसिर १०  बुक क्लोज गर्दैछ । तसर्थ आजसम्म अर्थात् मंसिर ९ गतेसम्म कायम शेयरधनी  बैंकको साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
नबिल बैंकले गत आर्थिक वर्ष २०८०-८१ को नाफाबाट शेयरधनीहरुलाई करसहित १०% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित नगद लाभांश साधारण सभाबाट अनुमोदन भएपछि मात्रै शेयरधनीलाई वितरण गरिने बैंकले जानकारी दिएको छ ।
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *