एनएमबि बैंकको संस्थापक शेयर ११० रुपैयाँमै, सर्वसाधारणले किन्न पाउने

काठमाडौं ।  एनएमबि बैंकले  १ लाख ८० हजार २८८ कित्ता संस्थापक शेयर लिलामीमा राखेको  छ ।
 यसमा बैंकका विद्यमान संस्थापक शेयरधनी र सर्वसाधारणले समेत आवेदन दिन सक्नेछन् । संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ११० रुपैयाँ तोकिएको छ । बोलपत्रमा आँफूले खरिद गर्न चाहेको शेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी दिएको छ ।
आवेदकले  बिक्री प्रबन्धक एनएमबि क्यापिटल, बालुवाटार काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । आवेदन  मंसिर २३ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *