काठमाडौं। नबिल बैंक लिमिटेडले प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले यहि मंसिर २७ गते ४० औं वार्षिक साधारण सभा गर्दैछ ।
सभा प्रयोजनार्थ कम्पनीले मंसिर १० बुक क्लोज गर्दैछ । तसर्थ आजसम्म अर्थात् मंसिर ९ गतेसम्म कायम शेयरधनी बैंकको साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
नबिल बैंकले गत आर्थिक वर्ष २०८०-८१ को नाफाबाट शेयरधनीहरुलाई करसहित १०% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित नगद लाभांश साधारण सभाबाट अनुमोदन भएपछि मात्रै शेयरधनीलाई वितरण गरिने बैंकले जानकारी दिएको छ ।
Artha Sanjal
अर्थ सन्जाल