काठमाडौं । आज साताकाे पहिलाे काराेबारकाे दिन प्रि ओपन सेसनमा नेप्से बढेको छ । यससँगै सूचक १०.०८ अंकले बढेर २६९०.५२ विन्दुले बढेको हाे । ४९ लाख ९२ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
६५ कम्पनीको ८ हजार ९४ कित्ता सेयर कारोबार भएको छ । ४१ कम्पनीको भाउ बढेको छ भने २२ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ६५ वटा कारोबार भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल