काठमाडाैं। युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ।
कम्पनीले १५ प्रतिशत हकप्रद निष्काशनको अनुमति माग गर्दै असोज ४ गते सेबोनमा आवेदन दिएको हो । सेबोनबाट अनुमति पाएपछि कम्पनीले ३१ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ३१ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा भने लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।







