सेयर बजारमा पहिरो, साढे १० अर्बमा झर्‍यो कारोबार

काठमाडाैं । साताको कारोबारको पहिलो दिन सेयर बजारमा पहिरो गएको छ । आइतबार नेप्से परिसूचक ५३.६३ अंकले घटेर २६९५.९३ को बिन्दुमा झरेको हो ।

आज २०९ कम्पनीको सेयरमूल्य घटेकाे छ भने ३१ वटाको मात्रै बढेकाे छ। आज ४ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

आज ३३७ कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गुडविल फाइनान्सको सेयर कारोबार भएउको छ । कम्पनीको ५२ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३३ करोड ४३ लाख रुपैयााको सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको ३३ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सुपर माई हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । हिमालयन पावर पार्टनरका लगानीकर्ताले ९ दशलमव ८७ प्रतिशतका दरले कमाएका छन् । कुथली बुखरी हाइड्रोका लगानकिर्ताले ८ दशलमव ७३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर र माइखोला हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

आज उच्च किनबेच गर्ने कम्पनीहरु यस्ता छन्

गुडविल फाइनान्स ५२ करोड ३१ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स ३३ करोड ४३ लाख रुपैयाँ,नेपाल फाइनान्स ३३ करोड ३४ लाख रुपैयाँ,अपी पावर २६ करोड ७३ लाख रुपैयाँ,अरुण भ्याली हाइड्रोपावर २१ करोड ९० लाख रुपैयाँ,सानिमा रिलायन्स लाइफ २० करोड ४० लाख रुपैयाँ,राधी विद्युत १८ करोड ७ लाख रुपैयाँ,सानिमा माई हाइड्रोपावर १७ करोड ५५ लाख रुपैयाँ,रिलायन्स फाइनान्स १५ करोड ८६ लाख रुपैयाँ,एचआईडीसीएल १५ करोड १७ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *