‘बोहनी’ अब फोनपे क्युआरबाटै लिन सकिने

काठमाडौं । फोन पेले ‘बोहनी फोनपे क्युआरबाटै’ भन्ने पहलको सुरुवात गरेको छ । व्यवसायको पहिलो भुक्तानी, जसलाई चलन चल्तीको भाषामा ‘बोहनी’ भनिन्छ ।

यस पहलले बिहानको पहिलो भुक्तानी नगदमा मात्र स्वीकार गर्ने नगद परम्परालाई चुनौती दिँदै डिजिटल भुक्तानीको सहजतालाई स्वीकार गर्न अभिप्रेरित गर्ने कम्पनीको भनाइ छ। फोनपे क्युआर मार्फत बोहनी स्वीकार गर्दा व्यवसायीहरूले बिहानको समयमा स-साना रकमको समस्याबाट मुक्ति पाउनुको साथ-साथै उधारो दिनुपर्ने अवस्थालाई सजिलै टार्न पनि सक्ने कम्पनीको भनाइ छ ।

अभियानमा सहभागी हुन व्यवसायीहरूले फोनपे बिजनेस एपमा लग-इन गरेर सहभागिता स्वीकार गर्नुपर्नेछ भने अभियान अवधिमा फोनपे क्युआर मार्फत भुक्तानी लिएको हुनु पर्नेछ। यस अभियान अन्तर्गत एक भाग्यशाली व्यवसायीले नयाँ ईभी स्कुटर जित्न सक्नेछन् ।

फोनपेका चिफ बिजनेस अफिसर सुमित दासले भने, “यस पहलको आशय भनेको हाम्रो व्यवसायीहरूलाई, डिजिटल भुक्तानीलाई आफ्नो दैनिक व्यवसायिक कार्यहरूमा समाहित गर्न अझ बढि प्रोत्साहन गर्नु हो। हामी व्यवसायीहरूलाई पारम्परिक बोहनी, नगदमा स्वीकार गर्ने तरिकालाई त्यागेर फोनपे क्यु.आर अपनाउन प्रोत्साहित गर्दछौं, जसबाट व्यवसायहरूले अझ बढी सुविधा, न्युनतम जोखिम, र उच्च व्यवसायिक दक्षताको अनुभव गर्न सक्नेछन्।”

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *