महालक्ष्मी लाइफको राष्ट्रिय सम्मेलन सम्पन्न, २९ जनालाई पुरस्कार र सम्मान

महालक्ष्मी लाइफ इन्स्योरेन्सले चितवनको सौराहामा आफ्नो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । यहि कार्तिक ५ र ६ गते भएको सम्मेलनमा देश भरिका ६० शाखा र उपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रिय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरुको सहभागिता रहेको थियो ।

सम्मेलनको पहिलो दिन चौध क्षेत्रका क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख र एरिया शाखा प्रमुखहरुले आआफ्नो क्षेत्रको व्यवसायिक प्रतिवेदन पेश गरेका थिए । प्रमुख कार्यकारी अधिकृतको अध्यक्षतामा सम्पन्न उक्त भेलामा प्रतिस्पर्धी कम्पनीहरुको अवस्था, कम्पनीको व्यवसायीक कारोबार र लक्ष्य प्राप्तिको लागि अपनाइने आगामी रणनीति तथा कार्यक्रम बारेमा क्षेत्रगत छलफल भएको थियो ।

कार्यक्रमको दोस्रो दिन कार्तिक ६ गते कम्पनीका सम्पुर्ण कार्यालय प्रमुख र अधिकृतहरु सहभागी भएको राष्ट्रिय सम्मेलन सम्पन्न गरियो । प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले उक्त सम्मेलनको उद्घाटन गरेका थिए ।

सम्मेलनको अन्तमा २०७८/०७९ को प्रथम त्रैमासमा तोकेको लक्ष्य प्राप्त गर्ने २९ जना कार्यालय प्रमुखहरुलाई प्रमुख कार्यकारी अधिकृतले पुरस्कृत र सम्मान गरेका थिए । सम्मेलनले दोस्रो त्रैमासको शाखा उपशाखा र क्षेत्रको व्यवसायीक लक्ष्य निर्धारण गरेको थियो ।

बीमा जनचेतना अभिवृद्धिको लागि यो आव भित्र सबै शाखा उपशाखाले आआफ्नो क्षेत्रमा ‘युवा संग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गर्ने निर्णय गरियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले युवा संग महालक्ष्मी लाईफ कार्यक्रम विषयमा विस्तृत जानकारीको साथै तालिम प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *