नेपाल बङ्गलादेश बैंकको साधारणसभा २ मंसिरमा, बुक क्लोज कहिले !

नेपाल बङ्गलादेश बैंक लिमिटेडले २ मंसिरमा साधारसभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न आफ्नो रजिष्ट्रार कार्यालय कमलादीमा २७औँ वार्षिक साधारणसभा आह्वान हो । सो सभा बिहान ११ बजे भर्चुअल माध्यमबाट सञ्चालन गरिनेछ भने निर्वाचन भौतिक रूपमा सञ्चालन गरिने बैंकले जनाएको छ ।

बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजका लागि १५ कात्तिकमा बुकक्लोज गर्ने भएको छ। यसअनुसार १४ कात्तिकसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

सभाले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतका दरले बोनस सेयर र लाभांश प्रयोजनार्थ बुकक्लोजसहित तीन दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरु र सर्वसाधारण समूहबाट छ जना सञ्चालकको निर्वाचन गर्नेछ

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *