काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथ बढाउन भत्काएको न्यूरोडको पिच सडक विभागले टालेको छ । मेयर बालेन शाहको निर्देशनमा जेठ १२ गते इन्द्रचोकदेखि जुद्धशालिकतर्फको विशाल बजारअगाडि पीच काटिएको थियो ।
सडक डिभिजन कार्यालयले आफ्नो क्षेत्राधिकारको सडकमा हात हालेको भन्दै महानगरलाई दुई दिनभित्र पुन:स्थापना गर्न १६ गते अल्टिमेटम दिएको थियो । महानगरले नबनाएपछि सडक विभागले आज कर्मचारी र मजदुर खटाएर उक्त पीच टाल्न सुरू गरेको हो ।
तस्बिरहरू



























