


काठमाडौं । तेस्रो सांग्रिला साइकल र्याली आज काठमाडौंमा सम्पन्न भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसको सन्दर्भमा आयोजना गरेको साइकल र्याली नक्सालको सानो गौचरणबाट सुरु भएर शहरका विभिन्न स्थानसहित १० किलोमिटर घुमेर पुन: सानो गौचरणमा नै आएर समापन भएको थियो।
इन्धन बचाऔं, वातावरण जोगाऔं, हरित विश्वका लागि प्याडल चलाऔं’ भन्ने मुल नाराका साथ सम्पन्न साइकल र्यालीले वातावरण जोगाउन सहयोग पुग्ने आयोजकको दाबी छ ।
डेभलपमेन्ट बैंकर्सएशोसिएसन नेपाल, बिवाइडी, एफ वान सफ्ट, फोन पे लगायतका संघ संस्थाको सहकार्यमा गरिएको उक्त र्यालीमा करिब १३ सयभन्दा बढी साइकल यात्रीहरु सहभागी थिए ।
र्याली सानो गौचरणबाट सुरु भइ दरबारमार्ग, शहिदगेट, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, मध्य बानेश्वर, गौशला, रातोपुल हुँदै फेरि सानो गौचरणमा पुगेर समापन भएको थियो ।यस्तो किसिमको र्याली वि.सं २०७९ सालबाट गर्न शुरु गरिएको हो।
प्रोत्साहन स्वरुप र्यालीमा सहभागी भक्तपुरकी रविन रचालिका लाई लक्की ड्रबाट एउटा साइकल समेत प्रदान गरिएको थियो ।
र्यालीलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

अर्थ सन्जाल