सामाजिक सुरक्षा भत्ता लिनेको संख्या ३८ लाख नाघ्यो, एक वर्षमा ५.५% ले वृद्धि

काठमाडाैं । सामाजिक सुरक्षामा आवद्ध नेपालीको संख्या ५.५ प्रतिशतले वृद्धि भएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण अनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्या गत फागुनसम्म ३८ लाख २ सय ७७ पुगेको छ ।
गत वर्ष सामाजिक सुरक्षामा आवद्धको संख्या ३७ लाख ६ हजार ३ सय २७ थियो । ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको संख्या १६ लाख २२ हजार ५ सय १६ छ ।

हरेक वर्ष राज्यले सामाजिक सुरक्षा भत्तामा खर्च गर्ने रकमको आकार बढ्दै गएको छ । चालु आर्थिक वर्षमा संघीय सरकारले सामाजिक सुरक्षातर्फ २ खर्ब ९८ अर्ब ५७ करोड १९ लाख विनियोजन गरेको थियो । सामाजिक सुरक्षामा सरकारले छुट्याएको रकम कूल बजेटको १४. ७८ प्रतिशत, चालु बजेटको २२.६७ प्रतिशत र कूल ग्राहस्थ उत्पादनको ५.५४ प्रतिशत हो । १० वर्षअघि आर्थिक वर्ष ०७०/०७१ मा कूल बजेटको ८.१७ प्रतिशत मात्र सामाजिक सुरक्षा शीर्षकमा खर्च भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *