काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रंगमती शाही प्रमुख रहेको कांग्रेसको पिछडिएको क्षेत्र समन्वय विभागमा १० सदस्य मनोनित गरेका छन् ।
सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनित गरेको मुख्य सचित कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
विभागको सदस्यमा मनोनयन हुनेमा दुधकुमारी हमाल, डा. साझना खातुन, स्मारिका विष्ट, उत्तम सिंखडा, रामकुमार राई, ऐनबहादुर मल्ल, अर्जुनप्रसाद रेग्मी, नरबहादुर रोकाया, हरिशंकर तिमिल्सेना, हिराप्रकाश गौचन विभाग सदस्यमा मनोनित भएका छन् ।







