बिना बार्गेनिङ गिरीबन्धु टी इस्टेटको फाइल खोल्न गृहमन्त्रीलाई राप्रपाको सुझाव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गिरीबन्धु टी इस्टेटको फाइल खोल्न माग गरेको छ। पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले विवादित गिरीबन्धु टी इस्टेटको फाइल खोल्न माग गरेका हुन् ।

शाहीले सहकारी प्रकरणमा आफूमाथि लागेको आरोप पन्छाउन गृहमन्त्री रवि लामिछानेले अन्य भ्रष्टाचारका फाइल खोल्ने भनेर बार्गेनिङ गरेको आरोप लगाए ।

शुक्रबार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘गिरीबन्धु टी इस्टेटको फाइल खोलौं, यो गृहमन्त्रालय अन्तर्गत पर्छ । कहिँ जान पर्दैन । एउटा सिग्नेचर गरेपछि दुई घण्टामा खोलिन्छ।’

सर्वोच्च अदालतले हालै झापाको बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेटको हदबन्दी छुटको जग्गा सट्टापट्टा नहुने फैसलालाई लिएर प्रमुख प्रतिपक्षी कांग्रेसले समेत प्रश्न उठाउन थालेको बेला राप्रपाले समेत गृहमन्त्रीलाई गिरीबन्धु टी इस्टेट फाइल खोल्न सुझाव दिएको हो।

उनले निर्मला पन्तको हत्याको विषय अझै रहस्यमा रहेकोले यस बिषयमा पनि छानबिन अगाडि बढाउन माग गरेका छन् ।

त्यस्तै,  क्यान्टोनमेन घोटाला, फोरजी घोटाला, ओम्नी घोटाला, वाइडबडी घोटाला, ललिता निवास प्रकरण र छायाँ सेन्टर प्रकरणलाई अगाडि बढाउन गृहमन्त्रीलाई  उनले आग्रह गरेका छन्

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *