बैंक अफ काठमाण्डूको १४ प्रतिशत लाभांश प्रस्ताव

बैंक अफ काठमाण्डू लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकको कात्तिक ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने बैंकले जानकारी दिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *